फिनल्याण्डकाे एउटा स्कूलमा १२ वर्षीय बालकले गाेली चलाउँदा बालककाे मृत्यु, दुई गम्भीर घाइते

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार १८:२४


एजेन्सी, चैत्र २० ।
फिनल्याण्डको एउटा स्कूलमा एक १२ वर्षीय बालकले गोली चलाउँदा एक बालकको अनाहकमा ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

गोली चलाउने बालक त्यसपछि फरार भएका थिए । उनलाई पछि पक्राउ गरिएको प्रहरीले बताएको छ । उनको साथबाट लाइसेन्स भएको पेस्तोलसमेत फेला परेको जनाएकाे छ ।

सो हतियार उनको नातेदारको भएकोसमेत खुल्न आएकाे छ । सुरुवाती सोधपुछमा उनले गोली आफूले चलाएको बताएका छन् ।

राजधानी हेलसिंकीको बाहिरी हिस्सामा साे घटना हुन पुगेकाे हाे । सो स्कूलमा आठ सय जना विद्यार्थीहरू छन् भने ९० जना स्टाफ रहेका छन् ।

मृतक र गोली प्रहार गर्ने दुबै जना बालक १२ वर्षीय भएको प्रहरीले जनाएको छ । गोली चलाउने बालक ६ कक्षामा अध्ययनरत् विद्यार्थी हुन् ।

घटनाप्रति प्रधानमन्त्री पेत्तेरी ओर्पोले दुःखसमेत व्यक्त गरेका छन् । पीडित र आरोपित दुबैको उमेरका कारण यो त्रासदी डरलाग्दो भएको उनको भनाई छ ।

मंगलबार बिहान ९ बजेलगत्तै सो घटना भएको स्थानीय प्रहरी प्रशासनले उल्लेख गरेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे वायु प्रदूषण बढ्दाे : अनिवार्य मास्क लगाउन आग्रह

काठमाडाैं, बैशाख १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल काठमाडौं उपत्यकामा वायु.....