वागमती प्रदेशका पहाडी भू-भागसहित केही स्थानमा चट्याङसहित हल्का वर्षा

प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार ०८:२०


काठमाडाैं, चैत्र २३ ।
अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज शुक्रबार सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली रहनेछ । बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार शुक्रबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा साथै कोशी र वागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

राति कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा नै रहने छ । कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएकाे छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निष्काशन सम्झौता

काठमाडाैं, बैशाख १८ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण.....