नेविसंघद्वारा सरकारविरुद्ध सिंहदरबारमा प्रदर्शन, केही पक्राउ

प्रकाशित मिति: २५ चैत्र २०८०, आईतवार १४:३४


काठमाडाैं, चैत्र २५ ।
नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ । जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेलगायतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो ।

सिंहदरबार क्षेत्रमा नै प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोही क्रममा केही विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कदम चाल्न नसकेको, सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरूले नारासमेत लगाएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....