सीएचटिसी मोटर्सका उत्कृष्ट चीनियाँ भ्यानहरू अब मेगा बिजनेस ग्रुपले नेपालमा भित्र्याउँदै

प्रकाशित मिति: २५ चैत्र २०८०, आईतवार १७:१२


काठमाडाैं, चैत्र २५ ।
चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रूपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरूले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । जसअनुसार अब मेगा बिजनेस ग्रुपले सीएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरूको नेपाली बजारमा बिक्री वितरण गर्नेछ ।

“व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरू वातावरण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ । साथै अप्रिलकाे अन्त्यतिर यी उत्पादनहरू नेपाली बजारमा उपलब्ध हुने छन् ।

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टीसहित ४१.८६ किलोवाट क्षमताको ब्याट्री, २८५ किलोमिटर रेञ्ज (एक पटकको फुल चार्जमा), लिथिएम आएन ब्याट्री प्याक, २०५ एम.एम. ग्राउण्ड क्लिएरेन्स , सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरू रहेका छन् । यिनीहरूमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित रहेकाे छ । जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरूमा याे सुविधा उपलब्ध छैनन् । त्यस्तै विशेषतः ११ सिट क्षमताको भ्यानमा बुट स्पेससमेत उपलब्ध छ ।

चीनको सरकारद्वारा सञ्चालित सीएचटिसी मोटर्स विश्वको ५०० सर्वोत्कृष्ट कम्पनीहरू मध्येको सिनोमाच ग्रुपको एक इकाई हो । समुच्च प्रविधिमा आधारित सीएचटिसी मोटर्स चीनको अटोमोबाइल बजारमा अग्रणी नामसमेत हो ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....