पहाडी भू-भागसहित केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाकाे सम्भावना

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार ०९:१०


काठमाडाैं, चैत्र २९ ।
नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएकाे मौसमविद्ले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले दिएकाे जानकारीअनुसार अहिले बिहान कोशी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा नै रहेको छ ।

आज बिहीबार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएकाे छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख गरिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

नक्कली ड्राइभिङ लाइसेन्स बनाएकाे अभियाेगमा सरकारी कर्मचारी पक्राउ

काठमाडाैं, बैशाख १८ । नक्कली सवारी चालक अनुमति पत्र अर्थात् ड्राइभिङ लाइसेन्स बनाएको.....