खैराे हिराेइनसहित भारतीय सेनामा कार्यरत सिपाही र श्रेष्ठ ललितपुरबाट पक्राउ

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार २०:०२


काठमाडाैं, चैत्र २९ ।
लागू औषध खैरो हेरोइनसहित प्रहरीले ललितपुर महानगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ का ३५ वर्षीय मनोज राई र काभ्रेको पाँचखाल नगरपालिका-९ का ३० वर्षीय रवीन्द्र श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिन सफल भएकाे हाे । पक्राउ परेका राई लागू औषध खैरो हेरोइनको कारोबारी भएको एसपी रबिन्द्र रेग्मीले जानकारी दिएका छन् ।

राईको साथबाट प्रहरीले ४१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । यसैगरी, १० ग्राम खैरो हेरोइन बिक्री गरेबापत प्राप्त गरेकाे ४३ हजार रुपैयाँसमेत बरामद गर्न प्रहरी सफल भएकाे छ ।

प्रहरीले दिएकाे जानकारीअनुसार, पक्राउ परेका मध्ये राई भारतीय सेना अर्थात गोर्खा रेजिमेन्टमा कार्यरत सिपाही रहेको खुल्न आएकाे छ भने उनीमाथि थप अनुसन्धान अगाडि बढाइएकाे प्रहरीले जानकारी दिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....