कामपा बल्खुमा बसको ठक्करले कीर्तिपुर निवासी सानुको मृत्यु

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार १४:१०


काठमाडाैं, चैत्र ३० ।
काठमाडौं महानगरपालिका-१४ स्थित बल्खुमा आज शुक्रबार यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका-३ का निवासी ५२ वर्षीय सानु बाहक रहेका छन् ।

बा. प्र. ०१-००६ ख ५७७८ नम्बरको बसले बा. ९६ प ६०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे डढेलाे : नियन्त्रणमा लिने क्रममा दुई जना घाइते

काठमाडाैं, बैशाख १८ । ललितपुरको गोदावरी नगरपालिका-४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको.....

गाई काटेको अभियोगमा काभ्रेबाट तीन पक्राउ

काठमाडाैं, बैशाख १८ । गाई काटेर.....