कामपास्थित भाटभटेनी सुपरमार्केटमा जेनेरेटर स्टार्ट गर्ने समयमा आगलागी

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार २१:४३


काठमाडाैं, चैत्र ३० ।
काठमाडौं महानगरपालिकाको कलंकी-१४ स्थित रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ ।

आज शुक्रबार साँझ जेनेरेटर स्टार्ट गर्ने समयमा एकाएक आगलागी भएको हाे । तर, आगो लागेको केही समयमा नै नियन्त्रणमा लिन सफल भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

उनकाअनुसार आगलागी हुने बित्तिकै सुरक्षाकर्मी परिचालन भएपश्चात् आगलागी तत्काल नियन्त्रणमा लिन सफल भएकाले साे आगलागीमा जेनेरेटर बाहेक अन्य कुनै वस्तु क्षति हुनबाट जाेगिएकाे बताइएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे वायु प्रदूषण बढ्दाे : अनिवार्य मास्क लगाउन आग्रह

काठमाडाैं, बैशाख १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल काठमाडौं उपत्यकामा वायु.....