देश निर्माण युवा समाज नेपालकाे नयाँ भित्ते पात्राे विमाेचन (फाेटाे फिचर)

प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार १३:५२


काठमाडाैं, बैशाख १ ।
देश निर्माण युवा समाज नेपाल Nation Building Youth Society Nepal”द्वारा नयाँ वर्ष वि. सं. २०८१ सालकाे भित्ते पात्राे (क्यालेण्डर) आज शनिबार एक कार्यक्रमकाे आयाेजना गरी विमाेचन गरिएकाे छ ।

उक्त भित्ते पात्राे कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर एवम् साहित्य समालाेचक डा. पुष्पराज राजकर्णिकारकाे हातबाट विमाेचन गरिएकाे हाे । साे संस्थाले हरेक वर्ष नयाँ वर्षकाे उपलक्ष्यमा भित्ते पात्राे प्रकाशनसँगै नयाँ वर्षकाे शुभकामना आदान-प्रदान, साहित्य वाचन र चियापान कार्यक्रम आयाेजना गर्दै आइरहेकाे छ ।

संस्थाका वरिष्ठ सल्लाहकार गाेकुल थापाकाे सभापतित्वमा सुरु भएकाे उक्त कार्यक्रममा अध्यक्षता ग्रहण संस्थाका संस्थापक अध्यक्ष खेमबहादुर बुढाथाेकी ‘शिशिर’ले गरेका थिए भने अतिथीहरूकाे आशन ग्रहणमा क्रमशः संस्थाकै सल्लाहकारहरू डा. हरिप्रसाद पाण्डे, कमला बिष्ट, काेपुण्डाेलका ज्येष्ठ नागरिक राजेन्द्रध्वज खड्का, समाजसेवी रमेश थापा, हिमालय एयरलाइन्सका निर्देशक राजेश प्रसाद श्रेष्ठ, अधिवक्ता कमल कार्कीलगायत रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष शिशिरले देश निर्माण युवा समाज नेपालकाे यस कार्यलाई प्राेत्साहन दिँदै आजकाे यस कार्यक्रममा हाम्राे निम्ताेलाई सहर्ष रूपमा स्वीकार गर्दै अमूल्य समय दिएकाेमा सबैलाई हार्दिक आभार प्रकट गर्दै स्वागत गरेका थिए ।

मन्तव्यकै क्रममा संस्थाका सल्लाहकार डा. हरिप्रसाद पाण्डेले हाम्राे यस परम्परालाई हामीले नै रक्षा गरेन भने हाम्राे संस्कृति मासिनेछ । त्यसैले याे नयाँ वर्ष हामीले यसरी नै शुभकामना आदान-प्रदान गरी मनाउन अत्यावश्यक रहेकाे बताउँदै सीमित श्राेत साधनका बाबजुद पनि भित्ते पात्राे प्रकाशन गरेर संस्कृति जगेर्नाकाे पथमा संस्था अग्रसर रहेकाले आफूलाई गाैरवान्वित महशुस भएकाे धारणा व्यक्त गरे ।

यसैगरी, प्रमुख अतिथी डा. पुष्पराज राजकर्णिकारले आफ्नाे छाेटाे मन्तव्य राख्ने क्रममा यस संस्थाले गरेकाे हरेक कार्यक्रममा मलाई सम्झनु भएकाे संस्थाप्रति आभार प्रकट गर्दै अहिलेकाे समयमा पनि यस भित्ते पात्राेकाे निकै ठूलाे महत्व रहेकाे बताउँदै हामीले भित्ते पात्राे हेरेर हामीले आफ्नाे जीवनलाई अगाडि बढाउनु पर्नेमा जाेड दिएका छन् ।

मन्तव्य राख्ने क्रममा संस्थाका सल्लाहकार कमला बिष्टले संस्थाका जागरुक युवाहरूकाे जाेश, जाँगर र हाैसला देखेर आफू एकदमै प्रफूलित भएकाे बताउँदै दिनभरी आफ्नाे कर्मथलाेलाई समय दिएर पनि समाजसेवामा निरन्तर खटिएकाे देखेर धेरै उत्साहित भएकाे बताइन् ।

कार्यक्रमका सभापति एवम् संस्थाका वरिष्ठ सल्लाहकार गाेकुल थापाले कार्यक्रम समापन गर्दै आफ्नाे छाेटाे मन्तव्य राख्ने क्रममा भने, हाम्राे यस संस्थाले गरेकाे हरेक काममा सबैकाे साथ पाइरहेकाे बताउँदै यसरी नै सबैकाे माया, स्नेह पाइरहेकाे खण्डमा हामी अब एकजुट भएर देशका कुना काप्चामा गएर सेवा गर्न थप अग्रसर गर्ने हाैसला प्रदान गरेकाे बताउँदै यस देश निर्माण अब ललितपुरमा मात्र केन्द्रित नगरी विभिन्न जिल्लाहरूमा गएर सामाजिक कार्यमा एकताबद्ध भएर लाग्ने बताएका छन् ।






प्रतिक्रिया

ताजा खबर

More

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निष्काशन सम्झौता

काठमाडाैं, बैशाख १८ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण.....