कामपाकाे काेटेश्वरमा स्कुटर दुर्घटना हुँदा पेप्सीकाेला बस्ने ५२ वर्षीय पुरुषकाे मृत्यु

प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार २१:०१


काठमाडाैं, बैशाख १ ।
काठमाडाैंमा आज शनिबार भएको स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । काठमाडाैं महानगरपालिका-३२ कोटेश्वर मुनिभरैव बस पकेटनजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको वागमती प्रदेश ०२-०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा स्कुटर चालक काठमाडाैं महानगरपालिका पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडाैंले जानकारी दिएकाे छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....