पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार ०७:२९


काठमाडाैं, बैशाख ३ ।
नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै, आज सोमबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागको थोरै स्थान र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....