राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा घाइते डाँगीको निधन

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार ११:१०


काठमाडाैं, बैशाख ३ ।
राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ ।

बर्दियाको मधुवन नगरपालिकाका राप्रपा अध्यक्षसमेत रहेका डाँगीको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो ।

गणतन्त्र र धर्म निरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा उनी घाइते भएका थिए ।

आन्दोलनकारीलाई हटाउने क्रममा प्रहरीले प्रहार गरेको अश्रु ग्याँसले डाँगीको स्वास्थ्यमा समस्या आएको थियो । डाँगीलाई आज सोमबार मध्याह्न १२ बजे राप्रपा पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे वायु प्रदूषण बढ्दाे : अनिवार्य मास्क लगाउन आग्रह

काठमाडाैं, बैशाख १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल काठमाडौं उपत्यकामा वायु.....