प्रभु बैंकको पाेखरास्थित नयाँगाउँमा ३ सय २ औँ शाखा कार्यालय विस्तार

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार १८:२८


काठमाडाैं, बैशाख ३ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज साेमबार पोखरा महानगरपालिका वडा नं.-१५ स्थित नयाँगाउँमा आफ्नो ३ सय २ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यावसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरेकी हुन् ।

बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै शान्ती शेरचन गौचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर-आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताएकी छन् । प्रभु बैंकको यो अभियानले देशभरी नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै शाखालाई सफलताको शुभकामना व्यक्त गरिन् । बैंकको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको नयाँगाउँ शाखामार्फत् स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ-संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकका नेपालभर ३ सय २ वटा शाखा कार्यालयहरू, २ सय ८५ वटा एटीएमका साथै ७० वटा एक्सटेन्सन काउण्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकवर्गहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीकाे रूपमा अगाडि बढिरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निष्काशन सम्झौता

काठमाडाैं, बैशाख १८ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण.....