गाडीकाे ढाेकाबाट खसेर २० वर्षीय विद्यार्थीकाे मृत्यु

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार १९:०३


काठमाडाैं, बैशाख ३ ।
गाडीकाे ढाेकाबाट खसेर आज साेमबार स्याङ्जाकाे वालिङमा एक जना विद्यार्थीकाे मृत्यु भएकाे छ ।

सर्लाहीकाे मलंगवा नगरपालिका घर भएका २० वर्षीय अमित साह बसबाट खसेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिएका छन् ।

बसबाट खसेर पछाडिको टायरले किच्दा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।

वालिङ नगरपालिका-१३ स्थित भूतपूर्व सैनिक माध्यामिक विद्यालयमा सिटीईभिटी इलेक्ट्रिक इञ्जिनियरिङ्ग विषयकाे परीक्षा दिएर फर्किँदै गरेका साह लु. १ ख ६८९७ नम्बरकाे गाडीबाट खसेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे वायु प्रदूषण बढ्दाे : अनिवार्य मास्क लगाउन आग्रह

काठमाडाैं, बैशाख १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल काठमाडौं उपत्यकामा वायु.....