वैदेशिक राेजगारमा आकर्षक तलबकाे प्रलाेभन देखाएर ठगी आराेपमा तीन पक्राउ

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार २१:०४


काठमाडाैं, बैशाख ३ ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइ दिने बहानामा ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-९ शम्भु मार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका-८ घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय नमराज रावत र भोजपुर टम्केमैयङ गाउँपालिका-३ घर भई ललितपुर ताल्छिखेल बस्ने २६ वर्षीय सङ्घर्ष राई रहेका छन् ।

पक्राउमध्ये पवनले दुबई पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४ लाख ९० हजार रुपैयाँ ठगी गरेको, नमराजले रशिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ३ लाख रुपैयाँ ठगी गरेको र सङ्घर्षले युरोपका देशहरू पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं शम्भुमार्गबाट, नमराजलाई काठमाडौं नयाँ बानेश्वरबाट र सङ्घर्षलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

कामपाकाे अनामनगरबाट शैक्षिक भ्रमणमा गएकाे बस दुर्घटना, २१ जना घाइते

काठमाडाैं, बैशाख १८ । मुक्तिनाथबाट जोमसोमतर्फ जाँदै गरेको बस वारागुङ मुक्तिक्षेत्र.....

गाई काटेको अभियोगमा काभ्रेबाट तीन पक्राउ

काठमाडाैं, बैशाख १८ । गाई काटेर.....