तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय प्रहरी जवानको मृत्यु

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलवार १०:२६


काठमाडाैं, बैशाख ४ ।
बारामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका-२ सञ्चारनजिक गएराति तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको हो ।

घाइते उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्यूरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

नक्कली ड्राइभिङ लाइसेन्स बनाएकाे अभियाेगमा सरकारी कर्मचारी पक्राउ

काठमाडाैं, बैशाख १८ । नक्कली सवारी चालक अनुमति पत्र अर्थात् ड्राइभिङ लाइसेन्स बनाएको.....