नेपाल एसबिआई बैंकले तीन अर्बको ऋण पत्र निष्कासन गर्दै

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलवार १३:५९


काठमाडाैं, बैशाख ४ ।
“नेपाल एसबिआई ऋण पत्र २०९०” निष्कासन गर्ने भएको छ । नेपाल एसबिआई बैंक लिमिटेडले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दुई पक्षले समझदारी गरेका हुन् ।

उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ ।

यस बैंकले ९७ वटा शाखा, २२ वटा एक्स्टेन्सन काउण्टर, ७ वटा प्रादेशिक कार्यालय तथा १ वटा कर्पोरेट अफिसका साथै १ सय २१ वटा एटीएममार्फत् आफ्नो सेवा प्रदान गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

कामपाको धुम्बाराहीमा एकापसमा सवारी ठोक्किँदा २८ वर्षीय युवकको मृत्यु

काठमाडाैं, बैशाख १८ । काठमाडौंको धुम्बाराहीमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक.....