प्रभु बैंकका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलवार १६:१४


काठमाडाैं, बैशाख ४ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल (प्रा.) लि.बीच दुई पक्षीय समझदारी भएको छ ।

सो समझदारी पत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल (प्रा.) लि. (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्यसहित गरेको सो सम्झौताअन्तर्गत, प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउने छन् ।

सम्झौताअनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले कमलादीस्थित वन्डर्स नेपाल (प्रा.) लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ । प्रभु बैंकद्धारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरू देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरूलगायत अन्य व्यापारिक ईकाइहरूमा समेत भएको बैंकले जनाएको छ ।

स्काइवाक टावर कूल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा द्दश्यावलोकन गरी मनोरञ्जन लिन सकिन्छ ।

प्रभु बैंकका नेपालभर ३ सय २ वटा शाखा कार्यालयहरू, २ सय ८५ वटा एटीएमका साथै ७० एक्सटेन्सन काउण्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय बैंकिङ्ग तथा वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

यस बैंकले विश्वभरबाट रेमिटान्स सेवा दिँदै रेमिटान्स खातामार्फत् उच्च व्याजदरमा सेवा दिँदै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....