साहित्यकार एवम् गीतकार प्रकट पंगेनीको निधन

काठमाडाैं, बैशाख ४ ।
साहित्यकार एवम् गीतकार प्रकट पंगेनीको निधन भएको छ ।
पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा आज मंगलबार निधन भएको हो । पंगेनीलाई निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि स्पताल भर्ना गरिएको थियो ।
प्रकटका कविता, गजलका किताबहरू प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित रहेका छन् ।
उनकोको भोलि बुधबार मध्यान्ह दाहसंस्कार गरिने परिवार निकटले बताएका छन् ।
प्रतिक्रिया