सल्यान बस दुर्घटना : १४ घाइते, चारको अवस्था गम्भीर

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार १४:०८


काठमाडाैं, बैशाख ५ ।
सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बुधबार बिहान पौने ११ बजे बागचौर नगरपालिका-२ सिङबाङस्थित राप्ति राजमार्गअन्तर्गत दाङ-रुकुम सडकखण्डमा चल्ने बस दुर्घटनामा परेको हो ।

रा. १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नविन कार्कीले जानकारी दिए । उनकाअनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

१० जना भने सामान्य रहेका छन् । उनीहरूको उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ । घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ । घाइतेको सम्पूर्ण विवरण खुल्न बाँकी नै रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....