हिन्दु र मुस्लिमबीचकाे झडपका कारण विराटनगर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार १७:०७


काठमाडाैं, बैशाख ५ ।
हिन्दु र मुस्लिम समुदायबीचको झडपका कारण अहिले विराटनगर-१५ तनावग्रस्तकाे अवस्था श्रृजना भएकाे छ ।

रामनवमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल युवा विभागले निकालेको र्‍यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहरूबीचको झडपका कारण याे अवस्था श्रृजना भएकाे हाे ।

दुबै पक्षका युवाहरूले एक अर्काबीच ढुङ्गामुढासमेत प्रहार गरेका छन् । प्रहरीले उक्त भीड नियन्त्रण गर्नका लागि करिब ९ वटा अश्रु ग्याँससमेत प्रहार गरिसकेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....