उपप्रधान एवम् गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै नेविसंघद्वारा मसाल जुलुस प्रदर्शन

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार १९:५०


काठमाडाैं, बैशाख ५ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज बुधबार काठमाडाैंमा प्रदर्शन गरेको छ ।

सहकारी प्रकरणमा छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने र राजीनामा दिनु पर्ने भन्दै नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मसाल जुलुससहित प्रदर्शन गरेका हुन् । सोही क्रममा उनीहरूले गृहमन्त्री लामिछानेको पुत्लासमेत दहन गरेका थिए ।

प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी ठगीको अनुसन्धान गर्नु पर्नेलगायका विभिन्न नारासमेत लगाएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निष्काशन सम्झौता

काठमाडाैं, बैशाख १८ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण.....