कामना सेवा विकास बैंक र लक्ष्मी हेयरबीच छुटसम्बन्धी सम्झाैता

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार १९:१४


काठमाडाैं, बैशाख ५ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे विकास बैंक कामना सेवा विकास बैंक लिमिटेड र काठमाडाैंमा रहेकाे लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापश्चात् बैंकका ग्राहकहरूले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहज रूपमा प्राप्त गर्न सकिनेछ । साे सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिनेमा बैंक विश्वस्त रहेकाे जनाएकाे छ ।

हाल बैंकले आफ्ना १ सय ३५ वटा सञ्जालहरू तथा ७७ वटा एटीएम र विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आइरहेकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....