केबुलकारका स्रष्टा बारे किताब सार्वजनिक

प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार १७:५७


काठमाडाैं, बैशाख २८ ।
नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मण बाबु श्रेष्ठ बारेको पुस्तक आज शुक्रबार काठमाडाैंमा एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । लक्ष्मण बाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मण बाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन गरेका हुन् ।

लक्ष्मणका गुरुसमेत रहेका थापाले चेलाका सम्बन्धमा भने, ‘केही मानिस स्पष्ट बाटो हिँड्छन् र गन्तव्यमा पनि पुग्छन् । लक्ष्मण बाबु यस्तै मानिस थिए । अगाडि बढ्नु छ भने उनीजस्तै उद्देश्य राखेर झुट नबोली अडानका साथ काम गर्नुपर्छ ।’ आफूलाई लक्ष्मणलाई जागिर लगाइदिन आग्रह गर्ने क्रममा भेट हुँदा पढ्न सुझाव दिएको उनले स्मरण गरे । उनले भने, ‘उसलाई नेपाली होइन, अंग्रेजी पढ्नु पर्‍यो रे भनेपछि मैले साँझतिर मेरामा पढ्न पठाइदिनु, उसलाई अंग्रेजी म पढाइदिन्छु भनेँ । पछि त उनी साथीजस्तै भए । पत्नीलाई दिदी मानेर भाइटिका लगाउन थालेपछि पारिवारिक सम्बन्ध गाँसियो ।’

उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले लक्ष्मण बाबु बाका तीन कुरा प्रेरणादायी रहेको बताए । ‘उनी साहस र संकल्प गर्ने व्यक्तित्व हुन् । दोश्राे, उनी सिर्जनात्मक व्यक्तित्व पनि हुन्’, उनले भने, ‘तेश्राे, कामप्रति निष्ठा पूर्वक लाग्ने जुन समर्पणसहितको हुन्थ्यो ।’ राष्ट्र निर्माणमा कसरी योगदान दिने भनेर सधैँ चिन्तित हुने कर्मवीर र निडर लक्ष्मण बाबुले धेरैलाई देश विकासमा योगदान गर्न प्रोत्साहित गरेको उनको भनाई छ । उनले भने, ‘सामाजिक-आर्थिक रूपान्तरणमा दूरदृष्टि भएका उनी हाम्रा लागि आर्थिक समृद्धिमा प्रेरणा प्रदान गर्ने व्यक्ति पनि हुन् ।’

अनुसन्धानकर्ता, संकलक एवं लेखक प्रा.डा. जयराज आचार्यले असम्भव जस्तै लाग्ने केबुलकार नेपाल भित्र्याउनु चानचुने कुरो नभएको समय २०५५ सालमा हिम्मत बटुलेर मनकामना मन्दिरसम्म लाखौं भक्तजनलााई जोड्न लक्ष्मण बाबु सफल भएको बताए । उनले भने, ‘उहाँको यो साहस, चितवनमा एक अर्ब लगानी गरेर चितवन मिल्क खोलेको र जलविद्युतका योजना सुरु गर्ने व्यक्तित्व भएकाले यो किताब लेख्ने काम गरेँ ।’


प्रतिक्रिया


ताजा खबर

More

सुनमा मूल्यमा पुनः मूल्यवृद्धिपछि हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडाैं, कार्तिक १५ । सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा सुनको.....

साफको फाइनल खेल हेर्न प्रम ओली पनि दशरथ रंगशाला जाने

काठमाडाैं, कार्तिक १४ । साफ महिला.....