प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युटबीच विशेष छुटसम्बन्धी सम्झाैता

प्रकाशित मिति: ३० बैशाख २०८१, आईतवार १४:४२


काठमाडाैं, बैशाख ३० ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडाैं महानगरपालिका बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युट (प्रा.) लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकहरूलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्नेसम्बन्धी एक सम्झौता भएको छ ।

एक समारोहकाबीच चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युटका हस्पिटल डाइरेक्टर सञ्जीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले उक्त समझदारी ज्ञापन-पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युटमा पेश गर्नु पर्नेछ ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युटमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युटले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरूको लागि चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युटमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरूमार्फत् नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरूसमेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय २ वटा शाखा कार्यालयहरू, २ सय ८५ वटा एटीएमका साथै ७० वटा एक्सटेन्सन काउण्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकवर्गहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीकाे रूपमा अगाडि बढिरहेको छ ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक, सबिन राणा, दीना चित्रकार तथा चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युटका व्यापार प्रबर्द्धन व्यवस्थापकको समेत उपस्थिति रहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

सुनमा मूल्यमा पुनः मूल्यवृद्धिपछि हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडाैं, कार्तिक १५ । सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा सुनको.....

साफको फाइनल खेल हेर्न प्रम ओली पनि दशरथ रंगशाला जाने

काठमाडाैं, कार्तिक १४ । साफ महिला.....