वागमतीसहित केही स्थानमा मेघगर्जन, हुरीबतास तथा चट्याङसहित वर्षाकाे सम्भावना

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलवार ०९:३८


काठमाडाैं, जेठ १ ।
हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने बताएको छ ।

विभागकाअनुसार आज मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित हल्का वर्षा हुने तथा उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत वागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

आगामी २४ घण्टामा कोशी, वागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश र पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेकाे छ । विभागले देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउनसमेत आग्रहसमेत गरेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

सुनमा मूल्यमा पुनः मूल्यवृद्धिपछि हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडाैं, कार्तिक १५ । सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा सुनको.....

साफको फाइनल खेल हेर्न प्रम ओली पनि दशरथ रंगशाला जाने

काठमाडाैं, कार्तिक १४ । साफ महिला.....