उपचार गरेर फर्किरहेकी युवतीकाे एम्बुलेन्स दुर्घटनामा परी मृत्यु

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलवार १०:२३


काठमाडाैं, जेठ १ ।
कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा आज मंगलबार बिहान यूके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स र चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई ईलाम प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा सवार अन्य पाँच जना व्यक्ति भने सकुशल रहेका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

सुनमा मूल्यमा पुनः मूल्यवृद्धिपछि हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडाैं, कार्तिक १५ । सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा सुनको.....

साफको फाइनल खेल हेर्न प्रम ओली पनि दशरथ रंगशाला जाने

काठमाडाैं, कार्तिक १४ । साफ महिला.....