बेलायतकाे प्रलाेभन देखाएर ठगी गर्ने कीर्तिपुर बस्ने याेगेन्द्र बागः पक्राउ

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलवार २०:३९


काठमाडाैं, जेठ १ ।
बेलायत पठाउँछु भनेर ४१ लाख रुपैयाँ ठगी गरेकाे अभियाेगमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका-२० घर भई हाल कीर्तिपुर नगरपालिका बस्ने योगेन्द्र बागः रहेका छन् ।

२३ वर्षीय बागःलाई कीर्तिपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘निशा टुर्स लिमिटेड’ नामको आईडीमार्फत् कुरा गरेर उनले पीडितहरूलाई बेलायतमा वर्किङ्ग भिसामा पठाउने सपना देखाएर रकम असुलेका हुन् । रु. ४१ लाख १५ हजार असुलेपछि उनी सम्पर्क विहीन भएको एसपी रेग्मीले जानकारी दिएका छन् । उनलाई ठगी मुद्दामा कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

सुनमा मूल्यमा पुनः मूल्यवृद्धिपछि हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडाैं, कार्तिक १५ । सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा सुनको.....

साफको फाइनल खेल हेर्न प्रम ओली पनि दशरथ रंगशाला जाने

काठमाडाैं, कार्तिक १४ । साफ महिला.....