अभिनेत्रीदेखि नेतृसम्मकाे यात्रा तय गर्न सफल कंगना रनाैतमाथि थप्पड, महिला सिपाही पक्राउ (भिडियाेसहित)

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहीबार २१:०१


एजेन्सी, जेठ २४ ।
बलिउड अभिनेत्रीदेखि नेतृसम्मकाे यात्रा तय गर्न सफल कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन् ।

कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न मागसमेत गरेकी छन् । कंगनालाई थप्पड हान्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ ।

चुनाव जितेपछि कंगना रनौत भाजपाको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको उडानमा दिल्ली प्रस्थान गर्ने क्रममा उक्त घटना हुन पुगेकाे बताइएकाे छ ।

कंगना एयरपोर्ट सेक्युरिटी चेकबाट निस्किँदै गर्दा महिला सिपाहीले उनको हात उचालेकी थिइन् । यस विषयमा कंगनाले उजुरी पनि दर्ता गराएकी छन् ।

किसान आन्दोलनको विषयमा कंगनाले दिएको बयानका कारण सीआईएसएफ जवानले थप्पड हानेको रिपोर्टमा बताइएको छ । कंगनालाई थप्पड हानेकी कुलविन्दर काैरलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

कंगनाले हालै सम्पन्न लोकसभा चुनाव हिमाचल प्रदेशको मण्डीबाट भारतीय जनता पार्टीकाे तर्फबाट चुनाव जितेकी थिइन् ।

भिडियाेकाे लागि तलकाे लिंक क्लिक गर्नुहाेस् ।

https://x.com/i/status/1798697545201569904


प्रतिक्रिया

ताजा खबर

More

वरिष्ठ पत्रकार रिसालको निधन, शरीर पाटन अस्पताललाई दान दिने निर्णय

काठमाडाैं, चैत २४ । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार.....