दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपबाट १ करोड ७५ लाख सहयोग प्रदान

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार १४:५२


काठमाडौं, असोज २१ ।
यही असोजको दोश्रो सातामा देशका विभिन्न भू-भागमा परेको अविरल वर्षाका कारण बाढी पहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको परिप्रेक्षमा राष्ट्रिय विपद्को यस दुःखद् घडीमा पीडित एवं प्रभावित परिवारका लागि सहायता स्वरूप एवं नेपाल सरकारलाई पीडितहरूको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले प्रभु समूहअन्तर्गतका नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आज सोमबार एक कार्यक्रमकाबीच प्रभु समूहका अध्यक्ष माननीय देवी प्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई रु. १,७५,००,०००/- (अक्षरेपी एक करोड पचहत्तर लाख रुपैयाँ मात्र) को चेक हस्तान्तरण गरेका छन् ।

प्रभु समूहअन्तर्गतका उल्लेखित संस्थाहरूबाट प्रदान गरिएको उक्त सहयोगले बाढी पहिरो तथा डुबानबाट पीडितहरूको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा प्रमु समूहले गरेको छ ।

साथै प्रभु समूह बाढी तथा पहिरोबाट घाइते नागरिकहरूको शीघ्र स्वास्थ लाभको कामना र मृतकजन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले.....