सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी

प्रकाशित मिति: २ मंसिर २०८१, आईतवार १५:३७


काठमाडौं, मंसिर २ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिट्यान्समा उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/०८० को आय विवरणानुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।

कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस-२०८१ को अवसरमा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान गरेको छ । कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा रेमिट्यान्सको तर्फबाट संस्थापक तथा प्रबन्ध–निर्देशक चन्द्र टण्डनले सम्मान-पत्र ग्रहण गरेका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

भारतीय ग्याँस बुलेटकाे ठक्करबाट एक पैदल यात्री महिलाकाे घटनास्थलमै मृत्यु, स्थिति तनावग्रस्त

काठमाडाैं, मंसिर ३ । चितवनको इच्छाकामना गाउँपालिका-३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा.....

कारोबारको दोश्रो दिन सुनको मूल्य पुनः बढ्यो

काठमाडौं, मंसिर ३ । नेपाली बजारमा आज.....