बसकाे ठक्करबाट साइकलयात्रीकाे मृत्यु, आक्राेशित स्थानीयद्वारा बसमा आगजनी

प्रकाशित मिति: २ मंसिर २०८१, आईतवार १८:२३


काठमाडाैं, मंसिर २ ।
सुनसरीको खनारमा बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । साइकलयात्रीको मृत्युपश्चात् आक्रोशित स्थानीयहरूले बसमा आगजनीसमेत गरेका छन् ।

कोशी राजमार्गअन्तर्गत खनारको शान्तिचोकमा आज आइतबार साँझ यात्रीबाहक बसले साइकलयात्रीलाई ठक्कर दिएको थियो । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे. १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा मृत्यु भएका साइकलयात्रीको पहिचान खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात् चालकले भगाएको उक्त बसलाई स्थानीयले खनारस्थित नहरको पुलमा भेट्टाएर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्ण रूपमा जलेको बताइएको छ ।

घटनापछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय खनारले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

भारतीय ग्याँस बुलेटकाे ठक्करबाट एक पैदल यात्री महिलाकाे घटनास्थलमै मृत्यु, स्थिति तनावग्रस्त

काठमाडाैं, मंसिर ३ । चितवनको इच्छाकामना गाउँपालिका-३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा.....

कारोबारको दोश्रो दिन सुनको मूल्य पुनः बढ्यो

काठमाडौं, मंसिर ३ । नेपाली बजारमा आज.....