काठमाडौंबाट गएको बस काभ्रेमा दुर्घटना हुँदा १८ यात्रु घाइते

प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार १३:२६


काठमाडाैं, फागुन १३ ।
काभ्रेमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० शारदाबतासमा आज मंगलबार बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् ।

काठमाडौंबाट ओखलढुङ्गाका लागि जाँदै गरेको अरनिको यातायातको बस मंगलबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसका चालक र सहचालकसहित १८ जना यात्रु घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा २४ जना यात्रु रहेका बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....