ललितपुरकाे इमाडाेलस्थित रंग पसलमा लागेकाे आगलागी नियन्त्रणमा

प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार १८:५७


काठमाडाैं, फागुन १३ ।
ललितपुरको इमाडोल महालक्ष्मी नगरपालिका-१ स्थित एउटा रङ्ग पसलमा भएकाे आगलागी नियन्त्रणमा आएकाे छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीकाअनुसार इमाडोलको रङ पसलमा आज मंगलबार साँझ आगलागी भएको हो ।

प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिएका थिए । सो पसल रहेको घरको माथिल्लो तलामा डेण्टल र तल्लो तलामा रङ पसल रहेकाे थियो । क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन ।

आगलागी के कारण भएकाे हाे । यसबारे विस्तृत विवरण भने आउने बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....