विष सेवन गरेका वागमती प्रदेशका मन्त्री श्रेष्ठका स्वकीय सचिवकाे मृत्यु

प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार १९:३०


काठमाडाैं, फागुन १३ ।
विष सेवन गरेर अचेत अवस्थामा भेटिएका वागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ ।

उनी सोमबार काठमाडौंको कलंकीस्थित साथीको कोठामा अचेत अवस्थामा भेटिएका थिए । अचेत भेटिएका उनलाई उद्धार गरी कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

थापाको केही दिनअघि पैसा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो । सुमेरु सहकारीका पूर्वसचिवसमेत रहेका विनोद आचार्यसँग सहकारीको समस्या मिलाइ दिने भन्दै १० लाख बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनले विषय सेवन गरेको बताइएको छ ।

जिल्ला प्रहरी परिरसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले सुसाइड नोट लेखेर उनले विष सेवन गरेको बताए । उनले सुसाइड नोटमा आर्थिक कारोबारको बारेमा लेखिएको जानकारी दिएका छन् ।

बोहोराकाअनुसार थापाकाे शवलाई पोष्टमार्टम गरिँदै छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....