सुडानमा भएकाे सैन्य विमान दुर्घटनामा परी कम्तीमा पनि ४६ जनाकाे मृत्यु, १० घाइते

प्रकाशित मिति: १४ फाल्गुन २०८१, बुधबार १६:०४


एजेन्सी, फागुन १४ ।
सुडानको खार्तुमको बाहिरी ईलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य यातायातको विमान मंगलबार दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएको छ । उक्त घटनामा कम्तीमा १० जना घाइते भएको जनाइएको छ ।

सेना सम्बद्ध स्वास्थ्य मन्त्रालयले विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

राजधानीको उत्तर पश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठूलो सैन्य केन्द्र वादी सेडना एयर बेसनजिकै मंगलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो ।

सन् २०२३ को अप्रिलदेखि अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँग युद्धरत रहेको सेनाले संख्या उल्लेख नगरिकन ‘उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारण दुबैको मृत्यु भएको’ जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र त्यस क्षेत्रमा थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको बताएका छन् । दुर्घटनाका कारण आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द भएको छ ।

सेना समर्थित स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भग्नावशेषमुनि रहेका बाँकी मृत शरीर खोजी कार्य जारी छ ।”

आकस्मिक सेवाका कर्मचारीले बालबालिकासहित घाइते सर्वसाधारणलाई नजिकैको अस्पतालमा पुर्‍याएको मन्त्रालयले जनाएको छ । घटनामा परी कम्तीमा १० जना घाइते भएको बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....