ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीया महिलाको मृत्यु

प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहीबार १२:२६


काठमाडाैं, फागुन १५ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर शुक्लाफाँटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । वन समितिमा आज बिहीबार बिहान बा. ०१००६ ख ३५३७ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका-१८ की ३० वर्षीया निर्मला बोहराको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी बोहराको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका-१८ का ३० वर्षीय महिमान बिष्ट घाइते भएका छन् । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....