गिरीबन्धु टि-स्टेटभित्र ३९ वर्षीय पुरुषको शव फेला

प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहीबार १८:३२


काठमाडाैं, फागुन १५ ।
झापाको गिरीबन्धु टि-स्टेटभित्र एक पुरुषको शव फेला परेको छ । कुहिन लागेको अवस्थामा पाँचथर फिदिम नगरपालिका-७ का ३९ वर्षीय कुमार गुरुङको शव अर्जुनधारा नगरपालिका-११ स्थित गिरीबन्धु टि-स्टेटभित्रको सिरिसको रुखको फेदमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज बिहीबार बिहान ८ बजेको समयमा फेला परेको गुरुङको शवलाई आवश्यकीय कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरतर्फ लगिएको प्रहरीले जनाएको छ । ती व्यक्तिको मृत्यु एक साताअघि वा त्योभन्दा पहिले नै मृत्यु भइसकेको जस्तो अवस्थामा रहेको र उनको साथमा रहेको नागरिकता प्रमाण-पत्रका आधारमा पहिचान खुलेको प्रहरीले जनाएको छ ।

यता बिर्तामोड नगरपालिका-५ धर्मकाटानजिक अन्दाजी ४० वर्षीय पुरुषको शवसमेत फेला परेको छ । बिहीबार दिउँसो १ बजेतिर स्थानीयले देखेपछि ईलाका प्रहरी कार्यालय बिर्तामोडलाई खबर गरेका थिए । मृतकको पहिचान खुलेको छैन ।

प्रहरीकाअनुसार उक्त शवसमेत करिब एक हप्ता अगाडि नै मृत्यु भइसकेको हो । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....