बनेपास्थित एक होटेलमा २३ वर्षीया श्रेष्ठ मृत अवस्थामा फेला

काठमाडाैं, फागुन १६ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक महिला मृत भेटिएकी छन् ।
बनेपा नगरपालिका-८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत फेला परेकी हुन् ।
बिहीबार साँझ उक्त होटलमा महिला मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । उनकाअनुसार, प्रारम्भिक अनुसन्धानबाट मृत महिला रामेछाप घर भइ बनेपा-६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ हुन् । उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन् ।
घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
प्रतिक्रिया