कडा बहस चलेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइयाे

प्रकाशित मिति: १७ फाल्गुन २०८१, शनिबार १२:२१


एजेन्सी, फागुन १७ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको छ । अमेरिकी सञ्चार माध्यमहरूकाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार करिब १० मिनेटसम्म कडा बहस चलेसँगै जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको हो ।

सीएनएनमा प्रकाशित एक रिपोर्टकाअनुसार ह्वाइट हाउसका एक अधिकारीकाअनुसार बहसपछि युक्रेनी प्रतिनिधि मण्डल ओभल अफिसबाट निस्किएर अर्को कोठामा गएको थियो । यद्यपि अमेरिकी टोली भने त्यहीँ बसेको थियो ।

त्यसपछि, ट्रम्पले उपराष्ट्रपति जेडी भेन्स, विदेश मन्त्री मार्को रुबियो र माइक वाल्ट्जसँग छलफल गरेका थिए ।

छलफलका क्रममा ट्रम्पले जेलेन्स्की वार्ताका लागि उपर्युक्त अवस्थामा नरहेको प्रतिक्रिया दिएका थिए । त्यसपछि उनले माइक वाल्ट्ज र रुबियोलाई जेलेन्स्कीकोमा आफैँ गएर अब उनी फर्कने बेला भइसकेको सन्देश दिन आदेश दिएका थिए ।

उनीहरूसँग जेलेन्स्कीले विवाद मिलाउन सकिने र फेरि संवाद गर्न चाहेको बताए तापनि उनले त्यस्तो अवसर भने प्राप्त गर्न सकेनन् ।

त्यसपछि दुबै नेताबीच हुने तय भएको संयुक्त पत्रकार सम्मेलन पनि रद्द गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....