२० वर्षीया अञ्जलीको शव घरभित्रै पूजा कोठामा गाडेको अवस्थामा फेला

काठमाडाैं, फागुन १७ ।
धनुषामा एक महिलाको शव घरकै पूजा कोठामा गाडेको अवस्थामा फेला परेको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
एक सातादेखि हराएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका-बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव घरभित्रै गाडिएको अवस्थामा भेटिएको हो ।
स्थानीयले एकाएक अञ्जली हराएको तथा उनका श्रीमान् बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको थियो ।
सोही क्रममा आज शनिबार दिउँसो १ बजे कोठाभित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिएका छन् ।
श्रीमान् हरिराम यादव भने फरार रहेकाले अञ्जलीको हत्या गरेर उनैले शव गाडेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । रामहरिसँगै उनीहरूका १० महिनाकी छोरीको पनि अहिलेसम्म अत्तोपत्तो लागेको छैन ।
स्थानीयकाअनुसार गत शनिबार रामहरि र अञ्जलीबीच विवाद उत्पन्न भएको थियो । भोलिपल्टै रामहरिले श्रीमती बेपत्ता भएको भनेर छर-छिमेकमा सुनाएका थिए । मंगलबारदेखि रामहरि पनि फरार रहेका छन् ।
एकाएक घरका सबै जना हराएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डीएसपी सिंहले शव उत्खनन् गरेर प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको जानकारी दिएका छन् ।
प्रतिक्रिया