भक्तपुर जगातीमा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय एक वृद्धाको मृत्यु, तीन घाइते

प्रकाशित मिति: १८ फाल्गुन २०८१, आईतवार १४:३४


काठमाडाैं, फागुन १८ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-८, जगाती पुलनजिकै मोटरसाइकलको ठक्करबाट स्वृथानीय एक द्धाको मृत्यु भएको छ ।

भक्तपुर प्रहरीले आज आइतबार दिएको जानकारीअनुसार जगातीबाट साँगातर्फ जाँदै गरेको बा. ४१ प ३३४ नम्बरको मोटरसाइकलले शनिबार राति पैदलयात्री भक्तपुर नगरपालिका-७, गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसिबाखलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सूर्यविनायक नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साथै, सोही मोटरसाइकलको ठक्करबाट घाइते अन्य ३ जना मध्यपुर अस्पताल ठिमीमा उपचाररत् छन् ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....