धुलिखेल अस्पतालमा कार्यरत डा. श्रेष्ठसहित चार जना निलम्बन

प्रकाशित मिति: १८ फाल्गुन २०८१, आईतवार १७:१५


काठमाडाैं, फागुन १८ ।
काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) का चार जना चिकित्सकहरू निलम्बन परेका छन् । अस्पतालमा एमडी पहिलो वर्षमा अध्ययनरत् एक विद्यार्थीको आत्महत्या दुरुत्साहन कार्यमा संलग्न रहेको आरोपमा चार जना चिकित्सकहरूलाई एक साताका लागि निलम्बन गरिएको हो ।

अस्पतालको मनोचिकित्सा विभागका डा. अजय रिसाल, दीपक कुँवर, डा. वर्षा श्रेष्ठ र डा. रिका रिजालले उनलाई यातना दिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । उनीहरूलाई फागुन १६ गतेसम्म एक साताका लागि निलम्बन गरिएको थियो ।

यही फागुन ४ गते उनले आत्महत्याको प्रयास गरेका थिए । सो घटनाको प्रारम्भिक अनुसन्धानमा ती विद्यार्थीलाई सताउने कार्य गरेको पाइएको श्राेतले जनाएको छ । ‘४ गतेको घटना हो । काउन्सिलले टोली खटायो । प्रारम्भिक अनुसन्धान गर्‍यो,’ श्राेतले भन्यो, ‘सो अनुसन्धानमा अलिकति दुःख दिएको, हरसमेन्ट गरेको देखियो ।’

धुलिखेल अस्पतालको घटनाबारे काउन्सिलले छानबिन समिति गठन गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....