मोटरसाइकल दुर्घटनामा परी २६ वर्षीय युवकको मृत्यु, चालक पक्राउ

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार १०:५६


काठमाडाैं, फागुन १९ ।
संखुवासभाको खाँदबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

कोशी राजमार्गमा पर्ने खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा प्र. १-०२-०५३ प ८१४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हाइड्रोपावरमा कार्यरत २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अधिकारी प्युठानको स्वर्गद्धारी नगरपालिका-१ निवासी हुन् । खाँदबारी-तुम्लिङटार सडक खण्डमा गएराति सदरमुकाम खाँदबारीबाट तुम्लिङटार जाँदै गरेको बेला मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो । अधिकारी मोटरसाइकलको पछाडि सवार थिए ।

उनी निर्माणाधिन पिलुवाखोला हाइड्रोपावरका मजदुर भएका प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको आज सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालक धर्मदेवी नगरपालिका-६ का २५ वर्षीय आकाश जिमीलाई पक्राउ गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....