आफ्नै बुवा र दिदीको कुटपिटबाट ३९ वर्षीय युवकको मृत्यु

काठमाडाैं, फागुन २० ।
पाल्पामा आफ्नै बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
आफन्तकै कुटपिटबाट बगनासकाली गाउँपालिका-२ पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उनलाई यही फागुन १५ गते ६३ वर्षका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमालले निर्घात कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले जानकारी दिएका छन् ।
‘घरायसी विवादमा उनीहरूले यज्ञबहादुरलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ मल्लले भने, ‘बाबु-छोराबीच छुट्टा भिन्न भइसकेको रहेछ । घरायसी विवादमा बुवा र दिदीले कुटपिट गर्दा उनको मृत्यु भएको देखिन्छ ।’
बुवा र दिदीको कुटाइबाट बेहोस भएका यज्ञबहादुरलाई श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पताल पुर्याएकी थिइन् । अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
यज्ञबहादुरको हत्या आरोपमा बुवा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । उनीहरूलाई जिल्ला अदालत पाल्पाबाट पाँच दिनको म्याथ थप गरी अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए ।
प्रतिक्रिया