म्याग्दीमा ४ रेक्टर स्केलको भूकम्पको धक्का

प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार १०:५८


काठमाडाैं, फागुन २४ ।
म्याग्दीको धौलागिरी गाउँपालिका-४ मुदी केन्द्रबिन्दु भएर आज शनिबार बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेट जाँदा मुदीलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का धौलागिरी गाउँपालिकाको मुदीका साथै मुना, ताकम, मराङ, मल्कबाङ, दरबाङ, देवीस्थानलगायत पश्चिम म्याग्दीसहित आसपासका क्षेत्रमा महशुस भएको थियो । बिहानपख मानिसहरू सुतिरहेकै अवस्थामा भूकम्प गएपछि ठूलो धक्का महशुस भएपछि धेरै मानिसहरू घर बाहिर निस्किएको धौलागिरी गाउँपालिका-४ मुदीका वडाध्यक्ष यामबहादुर घर्तीले बताए । उनकाअनुसार, भूकम्पबाट अहिलेसम्म कुनै मानवीय र भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन ।

यसअघि, गत फागुन १३ गते पश्चिम म्याग्दीको डाँडागाउँ आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ४ रेक्टर स्केलको देवीस्थान आसपास केन्द्रबिन्दु भएर र मुना केन्द्रबिन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्म गएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....