काठमाडौं विश्वकै दोश्रो प्रदूषित शहरको सूचीमा सूचीकृत

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार १३:३८


काठमाडाैं, फागुन २६ ।
काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीको दोश्रो स्थानमा पुगेको छ ।

विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार आज सोमबार दिउँसो १२: ४५ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १९१ पुगेको हो ।

आइक्यु एयरकाअनुसार भियतनामको हनोई विश्वको प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा रहेको छ । चीनको बेइजिङ नेपालपछि तेश्रो नम्बरमा छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० ‘अस्वस्थ कर’ हुन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थ कर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....