सुनचाँदी कारोबारको अन्तिम दिन आज सुन इतिहासकै उच्च बिन्दुमा

प्रकाशित मिति: ३० फाल्गुन २०८१, शुक्रबार १२:४४


काठमाडौं, चैत १ ।
सुनचाँदी कारोबारको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ ।

आज छापावाल सुन प्रति तोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रति तोला ३ हजार २ सय रुपैयाँ बढी हो ।

यसअघि, गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रति तोला १ लाख ७१ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारणभन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताए । “अमेरिकी डलरको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो”, उनले भने ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस २ हजार ९८२ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....