अछाममा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलवार ०७:४६


काठमाडाैं, चैत ५ ।
अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज मंगलबार बिहान ६ बजेर ३३ मिनेटको समयमा अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि, गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....