ललितपुरबाट चाेरी भएकाे १२ औँ शताब्दी तीरकाे बुद्धकाे मूर्ति अमेरिकाबाट नेपालमा फिर्ता

प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलवार २०:१६


काठमाडाैं, चैत ५ ।
भगवान बुद्धको करिब ११ देखि १२ औँ शताब्दी तीरको मूर्ति अमेरिकाबाट नेपालमा फिर्ता भएको छ ।

नेवाः गुथि, न्यूयोर्कका कोषाध्यक्ष प्रेमगोपाल महर्जनले सो मूर्ति आज मंगलबार नेपाल ल्याएका हुन् ।

बुद्धकाे मूर्तिसँगै यक्षणी देवीको मूर्ति पनि अमेरिकाबाट फिर्ता आएको उनले बताएका छन् । आर्ट इन्ष्टिच्युट अफ शिकागोले न्यूयोर्कस्थित कन्सुलेट जनलर, नेपाललाई यी मूर्ति हस्तान्तरण गरेको थियो ।

कालो ढुङ्गाबाट बुद्ध मूर्तिमा नागराज मुचिलिन्दले बेरेर सुरक्षा दिएको देखिन्छ । यो मूर्ति ४० वर्ष अगाडि ललितपुर महानगरपालिकाको गुइतः बहालबाट चोरी भएको थियो । यक्षणी देवीको मूर्ति भने काठमाडाैं महानगरपालिकाको बल्खुको भएको बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....